विदेश

भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै पाकिस्तान

हिमालय टिभी
२०७६ भदौ ११ गते ७:४४
भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै पाकिस्तान

पाकिस्तान । पाकिस्तानले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी थालेको छ ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसैन चौधरीले भारतका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने तयारी भएको बताएका हुन् ।

चौधरीका अनुसार पाकिस्तानले आफ्नो हवाई क्षेत्र पूर्ण रुपले भारतका लागि बन्द गर्ने विषयमा विचार भइरहेको बताएका छन् । यस्तै भारतले अफगानिस्तानसँगको व्यापारका लागि पाकिस्तानी जमिन प्रयोग गर्ने गरेको र त्यसमा पनि प्रतिबन्ध लगाउने तयारी भएको फवाद चौधरीले बताएका छन्।

प्रतिबन्धका लागि कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको र चाँडै नै औपचारिक रुपमा घोषणा हुने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *