विदेश

अमेजनको जंगलमा लागेको डढेले नियन्त्रण गर्न सहयोग गर्ने सहमति

हिमालय टिभी
२०७६ भदौ ९ गते ९:३२
अमेजनको जंगलमा लागेको डढेले नियन्त्रण गर्न सहयोग गर्ने सहमति

ब्राजिल । औद्योगिक राष्ट्रहरुको समूह जी(सेभेनको बैठकमा अमेजन जंगलको डढेलो नियन्त्रणका लागि मद्दत गर्ने सहमति भएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले त्यसका लागि प्राविधिक र आर्थिक सहयोगको प्रयास भइरहेको बताएका छन् । विश्वका प्रमुख सात ओद्योगिक राष्ट्र अमेरिका, जापान, जर्मनी, फ्रान्स, इटाली, बेलायत र क्यानडाका नेताबीच आइतबार जतिसक्दो छिटो प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउने सहमति भएको बताइएको छ ।

म्याक्रोनले गत सातादेखि नै अन्तर्राष्ट्रिय संकटका रूपमा देखिएको अमेजन आगलागीलाई जी सेभेन बैठकमा प्राथमिकताका साथ छलफल गरिनुपर्नेमा जोड दिँदै आएका थिए।

यसैबीच, बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेजन जंगल संरक्षणका लागि बेलायतले १ करोड पाउन्ड स्टर्लिङ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ब्राजिलको अमेजन क्षेत्रमा भइरहेको आगलागीलाई लिएर अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गर्दै आइरहेको छ । आलोचकहरूले ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमाथि नै आगो नियन्त्रण नगरेको आरोप लगाइरहेका छन् ।

ब्राजिलले आगो निभाउनका लागि गत शुक्रबारदेखि ४४ हजार सेना परिचालन गरेको छ । डढेलोको तथ्यांक राख्न थाले यता अमेजन जंगलमा लागेको आगलागी यो सबैभन्दा ठूलो हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *