विदेश

अमेजन जंगलमा लागेको आगो नियन्त्रण गर्न सेना परिचालन

हिमालय टिभी
२०७६ भदौ ७ गते ८:५१
अमेजन जंगलमा लागेको आगो नियन्त्रण गर्न सेना परिचालन

ब्राजिल । ब्राजिलको अमेजन जंगलमा लागेको आगो नियन्त्रणका लागि सेना परिचालन गरिएको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोले अमेजनको डढेलो नियन्त्रणका लाथि सेना परिचालनको आदेश दिएका हुन् । राष्ट्रपतिको आदेशपछि सेना अमजेनको जंगल, आदिवासी तथा संरक्षित क्षेत्रमा तैनात हुनेछन् ।

राष्ट्रपतिले युरोपियन नेता गम्भीर चासो र दबावपछि सेना परिचालन गरेको बताइएको छ । फ्रान्स र आयरल्याण्डले अमेजको आगलागी बारे केही नगरे ब्राजिलसँगको व्यापार सम्झौतामा स्विकृती नदिने बताएका थिए । झण्डै तीन सातादेखि अमेजन नदीको रेन फरेष्टमा फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिलेसम्म ४७ हजार वर्ग किलोमीटर जंगल जलेर नष्ट भैसकेको छ । झण्डै ५५ लाख वर्ग किलोमिटरमा फैलिएको अमेजनको जंगललाई धरतीको मुटु मानिन्छ ।

यही जंगलबाट विश्वलाई आवश्यक पर्ने २० प्रतिशत अक्सिजन प्राप्त हुन्छ । वातावरण संरक्षण अभियानकर्ताहरुले ब्राजिलका विभिन्न शहरहरुमा प्रदर्शन गरेका छन् । त्यस्तै अमेजनको आगलागीमा सरकारी ढिलाई गरिएको भन्दै बेलायत, बर्लिन, मुम्बई र पेरिसमा समेत प्रदर्शन भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *