विदेश

भारतका पूर्व वित्तमन्त्री जेटलीको निधन

हिमालय टिभी
२०७६ भदौ ७ गते ७:५८
भारतका पूर्व वित्तमन्त्री जेटलीको निधन

नयाँ दिल्ली । भारतका पूर्व केन्द्रीय मन्त्री अरुण जेट्लीको आज निधन भएको छ ।

भारतीय जनता पार्टीका वरिष्ठ नेता जेटलीको उपचारका क्रममा दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि विरामी रहेका ६७ वर्षीय जेटलीलाई १५ दिनअघि एम्समा भर्ना गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीको अघिल्लो मन्त्रिपरिषदमा जेटली वित्त मन्त्री हुनुहन्थ्यो ।

यसपटक सांसद भएपनि उहाँले स्वास्थ्यका कारण आफूलाई अन्य कुनै जिम्मेवारी नदिन भन्दै मोदीलाई पत्र लेख्नुभएको थियो । विगत एक महिनायता भारतीय जनता पार्टीका दुई दिग्गज नेताको मृत्यु भएको छ ।

पूर्व विदेशमन्त्री सुष्मा स्वराजको तीन साताअघि कार्डियाक एरेस्टका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *