विदेश

इन्डोनेसियामा हिंसात्मक प्रदर्शन

हिमालय टिभी
२०७६ भदौ २ गते ८:३७
इन्डोनेसियामा हिंसात्मक प्रदर्शन

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिम पपुआ क्षेत्रमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ ।

पपुआका जनजाति विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि विरोधमा उत्रिएका प्रदर्शनकारीले सार्वजनिक सेवा प्रदायक भवनहरूमा आगजनी गर्नुका साथै सडक अवरुद्ध गरेका छन् ।

उनीहरूले पश्चिम पपुआ प्रान्तको राजधानी मनोक्वारीमा अवस्थित संसद भवन तथा स्थानीय पसलहरूमा आगजनी गरेका छन् । प्रदर्शन जारी रहेको जनाइएको छ ।

प्रदर्शन हिंसात्मक बने पनि मानवीय क्षतिबारे विवरण प्राप्त भएको छैन । पपुआका विद्यार्थीले स्वतन्त्र पपुआ झल्काउने ुबिहानी ताराु अंकित निषेधित झण्डा फहराएका कारण पक्राउ परेको जनाइएको छ ।

इन्डोनेसियामा उक्त निषेधित झण्डा बोकेमा पक्राउ पर्नुका साथै १५ वर्षसम्मको जेल सजाय हुने कानूनी व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *