विदेश

हङकङको अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान बन्द

हिमालय टिभी
२०७६ साउन २८ गते १२:४३
हङकङको अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै उडान बन्द

हङकङ । सरकार विरोधी प्रदर्शनका कारण हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन मंगलबार पनि सबै उडान बन्द गरेको छ ।

प्रदर्शनकारीले विमानस्थलको मुख्य प्रवेशद्वारमै धर्ना दिइरहेका कारण उडान रद्द गर्नु परेको विमानस्थलका अधिकारीले जानकारी दिएका छन् । सर्वसाधारणलाई विमानस्थलसम्म नआउन समेत सूचित गरिएको छ ।

हवाइ सेवाका लागि अन्तर्राष्ट्रिय केन्द्र मानिएको हङकङ विमानस्थलमा प्रदर्शनकै कारण सोमबार पनि उडानहरू ठप्प भएका थिए ।

स्वतन्त्रताको नाममा कानून मिच्ने काम भएको भन्दै हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले प्रदर्शनको निन्दा गरेकी छिन् । सरकार विरोधी प्रदर्शनले हङकङलाई भासको दलदलमा धकेलिरहेको ल्यामको भनाइ छ । यस्तै चिनियाँ अधिकारीहरुले हङकङको प्रदर्शनलाई आतंकावादीको लक्षण भनेका छन् ।

नयाँ सुपुर्दगी विधेयक तत्कालका लागि निलम्बन गरिए पनि त्यसको पूर्ण खारेजी लगायतका माग राखी हङकङमा डेढ महिनादेखि सरकार विरोधी प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *