विदेश

चाम्लिङका दश विधानसभा सदस्य भारतीय जनता पार्टीमा प्रवेश

हिमालय टिभी
२०७६ साउन २८ गते ११:२६
चाम्लिङका दश विधानसभा सदस्य भारतीय जनता पार्टीमा प्रवेश

नयाँ दिल्ली । सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङको पार्टी सिक्किम डेमोक्र्याटिक फ्रन्टका १० जना विधानसभा सदस्य भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।

भाजपाका कार्यवाहक अध्यक्ष जेपी नड्डा र वरिष्ठ नेता राम माधवले मंगलबार नयाँदिल्लीस्थित मुख्यालयमा दोर्जी छिरिङ लेप्चाको नेतृत्वमा १० जना विधायकलाई पार्टी प्रवेश गराएका हुन् ।

कुल ३२ सिट रहेको सिक्किमको विधानसभामा प्रमुख प्रतिपक्षीमा खुम्चिएका चाम्लिङको पार्टीका १५ विधायक थिए । चाम्लिङकै पार्टीबाट छुट्टिएर मुख्यमन्त्री बनेका पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चासँग १७ विधायक छन् ।

विधानसभा निर्वाचनमा एक सिट पनि नजितेको भारतीय जनता पार्टीमा अहिले १० विधायक भएपछि सिक्किमको प्रमुख प्रतिपक्षी दल बन्न पुगेको छ । सन् १९९४ देखि चाम्लिङ सिक्किमका मुख्यमन्त्री थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *