एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापाले जनमुक्ति सेनाको अपमानजनक समायोजन आफुहरुलाई अमान्य हुने बताउनु भएको छ। जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै महासचिव थापाले पार्टीले यसअघि नै तय गरेको ८ देखी १० हजार लडाकुको समायोजन, महानिर्देशनालयको नेतृत्व जनमुक्ति सेनाले गर्न पाउनुपर्ने सहितका माग पूरा नभए त्यस्तो समायोजन आफुहरुलाई मान्य नहुने बताउनु भएको हो। नेपाली जनता अहिले [...]
नेपालका लागि नवनियुक्त जापानी राजदूत कुनियो ताकाहासीले आईतवार राष्ट्रपति डाक्टर रामवरण यादव समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ। राष्ट्रपति भवन शितल निवासमा आईतवार आयोजित एक विशेष समारोहका बीच नवनियुक्त राजदूत ताकाहासीले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो। सो समारोहमा कायममुकायम प्रधानसेनापति गौरवशम्शेर राणा, कायममुकायम परराष्ट्र सचिव दुर्गा भट्टराई लगायतका वरिष्ठ सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो।
बंगलादेशले अन्तिम समयमा प्रतियोगितामा सहभागिता नजनाउने भएपछि माल्दिभ्समा आजदेखि सुरु हुने भनिएको पच्चीस वर्ष मूनिको दक्षिण एशियाली संगठन सार्क टि– ट्वान्टी क्रिकेट प्रतियोगिता एक दिन पछि सारिएको छ। यसअघि आठ देशको सहभागिता रहने जनाएपनि बंगलादेशले जारी वेष्ट इन्डिजसंगको टेष्टका कारण टिम पठाउन नसकेपछि भोलिबाट मात्र खेल सुरु हुने भएको हो। मंगलबारदेखि हुने प्रतियोगिताको उद्घाटन खेलमा [...]
लागु औषध चरेससहित आईतवार भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका एक नाबालक सहित चार जना नेपालीलाई आज भारतीय कारागार चलान गरिएको छ। नेपालगन्जवाट सिमावर्ती भारतीय बजार रुपैडियातर्फ जानेक्रममा आइतवार सांझ भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरेका दाङ घोराहीकी प्रमिला नेपाली, कमला नेपाली र कैलालीका कमल चौधरीलाई आज विहान भारतको बहराईच जिल्ला कारगार चलान गरिएको हो। पक्राउ [...]
भिक्टोरिया जारेन्कालाई फाइनलमा हराउदै विम्बल्डन च्याम्पियन पेट्रा भितोभाले स्तान्बुलमा सम्पन्न डब्लुटिए टेनिस च्याम्पियनसिपको उपाधि हात पारेकी छिन। निकै प्रतिस्पर्धात्मक रहेको खेलमा चेक गणतन्त्रकी भितोभाले जारेन्कालाई सात पाच, चार छ र छ तीनको सेटमा पराजित गर्दे उपाधि उचालीन। दुई घण्टा तीस मिनेट चलेको खेलमा भितोभाले पहिलो सेट सात पाचले जितेपनि दोस्रो सेट भने चार छ ले [...]
स्याङ्जा र पाल्पाको सीमानामा पर्ने कालीगण्डकी किनारको राम्दी घाटमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा पर्यटन महोत्सवको आयोजना हुने भएको छ। महोत्सव आयोजक मूल समारोह समितिले आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक अठारदेखि चौबीस गतेसम्म महायज्ञ साथै महोत्सव आयोजना हुने जनाएको हो। कालीगण्डकीलाई रामनदी समेत भन्ने गरिन्छ। रामनदी धामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरी [...]
अर्थमन्त्री वर्षमान पुनले संविधानका विवादित विषयमा दलहरु सहमति नजिक पुगेकाले मंसिर १४ भित्र नयां संविधानको प्रारम्भिक खाका आउने दाबी गर्नुभएको छ। क्रान्तिकारी पत्रकार संघले नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री पुनले सहमतिका लागि दलहरुबीच छलफल भइरहेकाले वर्तमान सरकारको नेतृत्वमा शान्ति र संविधानले गति लिने बताउनुभयो। माओवादी पार्टीमा देखिएको अन्तरसंघर्षले शान्ति र संविधानको कार्यमा प्रभाव नपार्ने [...]
लमजुङमा केही वर्ष यता सुन्तला उत्पादनमा कमी आइरहेको छ। सुन्तलाको बोटको टुप्पाबाट मर्दै जाने साथै दाना पनि राम्रो नलाग्ने र अन्त्यमा बिरुवा नै मर्ने समस्याले लमजुङका किसान हैरान भएका छन्। जिल्ला कृषि विकास कार्यलय लमजुङले गत वर्षको तुलनामा यस वर्ष पनि १५ देखि २० प्रतिशतले सुन्तला उत्पादन घट्ने जनाएको छ। सुन्तलाको वोटमा ग्रिनीङ भाइरस रोगका [...]
एकीकृत नेकपा माओवादीले विजया दशमी, दिपावली, नेपाल सम्वत र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्दैछ। दिउंसो एक बजे राजधानीको भृकुटीमण्डपमा हुने कार्यक्रममा माओवादीका शीर्ष नेता, कार्यकर्ता, अन्य राजनीतिक दलका शीर्ष नेताहरु, बुद्धिजीवी, उद्योगी, व्यवसायी सञ्चारकर्मी लगायतको सहभागिता रहने माओवादीले जनाएको छ। यसअघि माओवादी नेपाल सम्वतका दिन कार्तिक दश गते चियापान कार्यक्रम [...]
तीन दशक अघिदेखि नेपालगन्जमा रहेको म्याद नाघेका किटनाशक विषादी सुरक्षित रुपमा बिर्सजन गर्नका लागि नेपालगंजबाट अम्लेखगन्ज लगिएको छ। कपास तथा बिभिन्न बालीमा लाग्ने किराहरु मार्नका लागि कपास बिकास समिति र कृषि सामाग्री संस्थानले बिदेशबाट आयात गरेका किटनाशक विषादी गरि करिब ११ टन बिषादी संस्थान र समितिको गोदाममा थन्काएर राखिएको थियो। म्याद नाघेको विषादी सुरक्षित व्यवस्थापन [...]