यस बर्षको अर्थसास्त्रतर्फको नोवेल पुरस्कार अमेरीकाका थोमस सर्जेन्ट र क्रिस्टोफर सिम्सलाई प्रदान गरिने भएको छ। बृहत अर्थशास्त्रमा लामो समयदेखि अनुसन्ध्ाानकर्ताको रुपमा रहेका सर्जेन्ट र सिम्सलाई पहिलो पटक यो पुरस्कार दिइएको हो। यसअघि सन् २०१० मा पिटर डाइम48ड, डेल मोर्टेन्सन र क्रिस्टोफर पिसारिड्सले यो विधाको पुरस्कार पाएका थिए। यसै बर्षपनि नोवेल महिला शान्ति पुरस्कार तीन महिलाले [...]
जिल्ला अस्पताल रुकुमका प्रमुख डाक्टर बिनोद गिरीलाई गैरकानुनी रुपमा खोलिएका मेडिकलहरु बन्द गरेको भन्दै ज्यान मार्ने धम्की आएपछि असुरक्षाको कारण देखाउदै जिल्ला छाडेका छन्। केही समयअघि जिल्ला प्रशासनको अगुवाइमा अख्तियारको निर्देशनमा जिल्लामा गैरकानुनी रुपमा खोलिएका मेडिकलहरुमा सिलवन्दी गर्ने क्रममा डाक्टर गिरी अग्रसर भएको भन्दै उनलाई एक जना मेडिकल संचालकले ज्यान मार्ने धम्की दिएका थिए। त्यसपछि [...]
स्वतन्त्र सभासद् बबन सिंहले भ्रष्टाचारविरुद्ध अनिश्चितकालिन आमरण अनशन सुरु गर्नुभएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको प्रांगणमा सभासद सिंहले आजदेखि आमरण अनशन सुरु गर्नुभएको हो। जिल्लामा व्यापक रुपमा बढदै गएको भ्रष्टाचारलाई रोक्न तथा भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै सभासद् सिंह आमरण अनशनमा बस्नु भएको हो। उँहाले भारतीय गान्धीवादी नेता अन्ना हजारेको अनशनबाट प्रभावित भएर आफू पनि भ्रष्टाचारविरुद्ध [...]
एकीकृत नेकपा माओवादीका नेता नेत्र विक्रम चन्दले संस्थापन पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले पार्टी विचलनतर्फ अघि बढेको संकेत गरेको बताउनु भयो। सोमवार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले फरक विचार राख्नेहरुलाई नसमेटी एकलौटी रुपमा राष्ट्रिय भेलाको आयोजना गर्नु नै पार्टी विचलनतर्फ गएको संकेत गरेको बताउनु भएको हो। उहाँले २९ गतेको भेला पार्टी मान्यता विपरीत रहेको जिकिर [...]
भारत भ्रमणमा रहनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसंग भेटवार्ता गर्नुभएकेा छ। नयां दिल्लीस्थित नेता आडवाणीको निवासमा भएको भेटवार्तामा नेपालको समसामयिक अवस्था, आपसी सम्बन्ध बिस्तार लगायतका बिषयमा छलफल भएको राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो। अमेरिकाको न्युयोर्कमा आयोजना हुने दक्षिण एशियाली सुरक्षा सम्मेलनमा भाग लिन जाने [...]
गैरआवासीय नेपाली संघले नेपाली हुन पाउने आफ्नो अधिकार सुनिश्चितका लागि नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धि व्यवस्था कायम गर्न माग गरको छ। संघले आयोजना गरेको संविधानको खाका लेखन र गैरआवासीय नेपालीको लागि दोहोरो नागरिकता सम्बन्धि अन्तर्त्र्कयामा विभिन्न दलका सभासद्हरुले सो विषय सकारात्मक भएको बताएका छन्। नेपाली काँग्रेसका सभास्द गगन थापाले राजनीतिक दलका नेताहरुले दोहोरो [...]
नेकपा एमालेका नेता केपी ओलीले वर्तमान सरकारलाई खहरे खोलाको संज्ञा दिनु भएको छ। प्रेस चौतारीले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता ओलीले ठूला र पुराना पार्टी सरकार वाहिर भएकाले सरकार खहरे खोला जस्तै भएको बताउनुभयो। उहांले सरकारले शान्ति र संविधानको मुख्य काम भन्दा पनि तमासा धेरै गरेको आरोप लगाउनुभयो। नेता ओलीले सानातिना नाटक र [...]
त्यस्तै, सभामुख सुवास नेम्वाङले पनि राजनीतिक परामर्शलाई तीव्रता दिनुभएको छ। केही दिनदेखि उच्च राजनीतिक नेतृत्वसंगको भेटवार्तालाई तीव्रता दिनुभएका सभामुख नेम्वाङले आज नेपाली कांग्रेसका सभापति सुशील कोइरालासंग भेटवार्ता भयो। कोइरालासंगको भेटका लागि कोइराला निवास महाराजगन्ज पुग्नु भएका नेम्वाङले संविधान निर्माणका विवादित विषय र शान्तिप्रक्रियामा सहमति जुट्न बांकी विषयमा छलफल गर्नु भएको थियो। छिट्टै सहमति गरी शान्ति [...]
श्रीलंकामा जारी प्रथम दक्षिण एसियाली बिच खेलकुदको तेस्रो दिन आज विहान सम्पन्न घोडचढी अर्न्तगत इक्वेस्ट्रेनको एकल तरबारमा नेपाल पराजित भएको छ। हाम्बानतोतास्थित समुन्द्रि किनारामा आज विहान भएको घोडा दौडाएर तरबारले सुन्तला काट्ने स्पर्धामा नेपाल कमजोर सावित भयो। रिङ एण्ड पेकिङमा स्वर्ण जितेका ध्रुबप्रसाद अर्यालले आज पदक छुन सकेनन्। उनले अभ्यासको कमीले सोंचे जस्तो प्रर्दशन हुन [...]
इस्लामी संघका महासचिव फैजान अहमद हत्याकाण्डको छानबिन गर्न तथा पीडित परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै उनका आफन्त तथा इस्लामिक संघका प्रतिनिधिहरुले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र बुझाएका छन्। पीडितपरिवार तथा इस्लामी संघ लगायत विभिन्न मुस्लिम समुदायका संघसंस्थाका प्रतिनिधिहरुले आज डल्लुस्थित खनाल निवास पुगी घटनाका दोषीलाई कारबाही तथा पीडितपरिवारलाई उचित क्षतिपुर्ति दिलाइदिन [...]