टर्कीमा शुक्रबार भएको लिटिल मिस वर्ल्ड–२०११ को ताज नेपालकी ११ वर्षीर्या विपश्वी पौडेलले जितेकी छिन्। काठमाडौं विशालनगरकी विपश्वी ३५ देशबाट सहभागी प्रतियोगीहरुलाई हराउँदै यो वर्षको लिटिल मिस वर्ल्ड बन्न सफल भएकी हुन्। सन् २००० बाट आयोजना गर्न गरिएको लिटिल मिस वर्ल्डको यो एघारौं संस्करण हो। सन् २००० मा १२ देशका बालबालिका सहभागि यो फेस्टिभलमा यस [...]
पोल्याण्डमा आज संसदीय निर्वाचन भइरहेको छ। आजको निर्वाचनमा पनि सत्तारुढ दलले नै विजय हाशिल गर्ने संभावना रहेको बताइएको छ। प्रधानम्ान्त्री डोनाल्ड टस्कको सिभिक प्लेटर्फम पार्टी ले बहुमत हाशिल गरे सन १९८९ मा क्युनिष्ट शासनको पतन भएपछि लगातार दुईपटक सत्तामा रहने पहिलो पार्टी हुंनेछ। टस्कको चारवर्षे कार्यकालमा पोल्याण्डले उल्लेख्य आर्थिक उन्नति गरेको बिबिसी अनलाइनले जनाएको छ।
गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारी दिनेको संख्या पनि बढ्दो छ। यसै क्रममा एनआरएनएको अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिने पक्कापक्की भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गरि संघका वर्तमान अध्यक्ष देवमान हिराचनले आगामी कार्यकालको अध्यक्ष पदमा पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। कार्यक्रममा अध्यक्ष हिराचनले आफ्नो कार्यकायमा भएका मुख्य कार्यहरुको विवरण [...]
एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पिता मुक्तिराम दाहालको चितवनको देवघाटमा अन्त्येष्टी गरिएको छ। पिता मुक्तिरामलाई जेठा छोरा प्रच48ड र कान्छा गंगारामले दागवत्ती दिनुभएको थियो। पितालाई दागवत्ती दिंदा छोरा प्रचण्ड अघिपछि झैं कोटपाइन्टमा हुनुहुन्थ्यो। हिन्दु धर्मअनुसार बुबा मर्दा कपाल मुन्डन गर्नुपर्ने तथा सेतो बस्त्र पहिरनुपर्ने भएपनि प्रचण्डले त्यसो गर्नुभएन। माओवादी अध्यक्ष प्रचण्डले पिता दाहालको पार्थिव [...]
श्रीलंकामा जारी पहिलो दक्षिण एशियाली बिच गेम्समा इक्वेस्ट्रेन खेलाडी धुव्रप्रसाद अर्यालले नेपालका लागि पहिलो पदक ल्याएका छन्। उनले इक्वेस्ट्रेनका एकल स्पर्धामा पहिलो कास्य पदक ल्याएका हुन्। उनले व्यक्तिगततर्फ कुल २८ अंक बनाएर तेस्रो स्थान हात पार्दै पदक दिलाएका हुन्। पहिलो र दोस्रो भएका भारतका दुई खेलाडीले समान २९–२९ अंक बनाएका थिए। बालुवामा पहिलो पटक उत्रिएका [...]
च्याम्पियन्स् लीग टि ट्वान्टी क्रिकेटको उपाधिका लागी आज मुम्बई इण्डियन्सले रोयल च्यालेञ्जर्स बेंग्लोरसंग प्रतिस्पर्धा गर्ने भएको छ। गएराती समरसेटलाई १० रनले पराजित गर्दै मुम्बई इण्डियन्स उपाधिका लागि फाइनल प्रवेश गरेको हो। गएराती चेन्नईमा भएको खेलमा टस जितेर मुम्बईले पहिले ब्याटिङ् गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउंदै १ सय ६० रन बनाएको थियो। जवाफमा समरसेट [...]
हिन्दुहरुको महान चाड विजया दशमीका लागि बन्द भएका सरकारी कार्यालय आजदेखि खुलेका छन्। सरकारले विजया दशमीका अवसरमा पांच दिन विदा दिने क्रममा सप्तमीदेखि विदा दिएको थियो। विदा अवधि सकिएपछि आज सिंहदरबारमा रहेका सरकारी कार्यालयहरुमा चहलपहल बढेको छ भने सेवाग्राहीहरु पनि आजदेखि नै सरकारी कार्यालय धाउन थालेका छन्। विदाका कारण प्रशासनिक लगायत सबै सरकारी कामकाज ठप्प [...]
नेपाली कांग्रेसका सभापति सुशील कोईरालाले मंसीर १४ गतेभित्र पनि संविधान निर्माणले गति नलिए संविधानसभाको औचित्यमाथि प्रश्न चिन्ह खडा हुने बताउनुभएको छ। प्रेस युनियन बांकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति कोईरालाले यथास्थितीमा संविधानसभाको म्याद थप्ने कि नथप्ने भन्नेमा गम्भीर छलफल आवश्यक भएको बताउनुभयो। शान्ति र संविधान निर्माणको बाधक माओबादी भएको अरोप लगाउदै सभापति [...]
नेपालका लागि म्यानमारका राजदूत उ थेन उ ले कपिलवस्तुको प्राचिन तिलौराकोट दरबारको अवलोकन गर्नु भएको छ। राजदूत थेनको नेतृत्वमा आएको ३ सदस्यीय टोलीले एसियाका तारा भगवान गौतम बुद्धका बाबु राजा शुद्धोधनको राजप्रसादको रुपमा परिचित तिलौराकोट दरबारको अवलोकन भ्रमण गरेको हो। लुम्बिनीमा जन्मिएका शान्तिदूत माहामानव गौतम बुद्धको जीवननको २९ वर्ष भने यहि तिलौराकोट दरबारमा बितेको थियो। [...]
मृर्गौला सम्बन्धी रोगबाट पीडित हुनुभएका साहित्यकार केवलपुरे किसानको निधन भएको छ। मृर्गौला सम्बन्धी रोगबाट पीडित किसानको ८५ वर्षको उमेरमा गएराति साढे १० बजे बी एण्ड बी अस्पताल ललितपुरमा निधन भएको हो। उहाको वास्तवीक नाम भने देवीप्रसाद पौडेल हो। रोगले च्यापेपछि उहालाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। ठेट तथा झर्रो भाषामा कविता लेख्न रुचाउने कवि केवलपुरेका [...]