Articles Posted on October 2nd, 2011

  • ram_baran_yadav

    राष्ट्रय एकता र सदभावबाट मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने : रामवरण

    राष्ट्रपति डाक्टर रामवरण यादवले राष्ट्रय एकता र सदभावबाट मात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभएको छ। राष्ट्रपति भवन शितल निवासमा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाद्धारा अंग्रेजीमा प्रकाशित बापू पुस्तको हिन्दी भाषामा अनुमादन पुस्तकको विमोचन गर्दै राष्ट्रपति डाक्टर रामवरण यादवले सत्य र अहिसाको बाटोबाट परिवर्तनालाई संस्थागत गर्न सकिने बताउनुभयो। अहिले पनि राष्ट्रिय अखण्डता मुख्य विषय भएको उहांको भनाई [...]

  • world-peace-day

    विश्व अहिंसा दिवस

    नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई शान्ति प्रक्रिया टुग्याउन दृढताका साथ लग्न आग्रह गर्नुभएको छ।  अहिंसा दिवसको अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा सभापति कोइरालाले सरकारको पनि नेतृत्व गरेको र शान्ति प्रक्रियाको  एउटा पक्षसमेत भएकाले काम गर्न सहज भएर पनि माओवादीले शान्ति प्रक्रिय पूरा गरी विश्वासको वातावरण तय गर्न नसक्नु  कमजोरी भएको स्पष्ट [...]

  • baburam-bhattarai

    राजमार्गका होटलहरुमा अनुगमन गर्न निर्देशन : प्रधानमन्त्री

    प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राजमार्गका होटलहरुमा बासी सडेगलेको र फोहोर खाना खुवाएर यात्रुहरुबाट बढी पैसा असुलेको गुनासो आएपछि त्यस्ता होटलको तत्काल निरीक्षण र अनुगमन गरी कारवाही गर्न प्रधानमन्त्री कार्यालयका सचिव लिलामणी पौडेललाई निर्देशन दिनु भएको छ। रोल… त्यस्तै राजमार्गका होटलहरुमा भएका अव्यवस्थित शौचालयलाई तत्काल व्यवस्थित बनाउन तथा दशैका बेला सवारीधनीहरुले यात्रुहरुबाट मनपरी भाडा असुलेको विषयमा [...]

  • boxing-2oct

    मुक्केवाज सुदेश मानन्धर बक्सिङ च्याम्पियनसिपमा पराजित

    ओलम्पिक छनोट अन्तरगत रहेको अजरबैजानको बाकु सहरमा आयोजित विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केवाज सुदेश मानन्धर आरएससीको आधारमा पराजित भएका छन्। आज सम्पन्न ५२ केजी तौल समुहको प्रतियोगितामा मानन्धरको भिडन्त क्युवाका मुक्केवाज आर रामरिजसंग भएको थियो। पहिलो चरणमा ०–९ ले पछि परेका मानन्धर दोश्रो चरणमा आरएससीको आधारमा पराजित भएको नेपाल बक्सिड्ड संघका महासचिव राजीव श्रेष्ठले जनाएका [...]

  • lig-lig-daud

    लिगलिगे दौडको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जिते

    लमजुङ, तनहु र गोर्खाको दोभानमा रहेको आंप पिपलमा आज सम्पन्न लिगलिगे दौडको उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन्। आज सम्पन्न दौडमा पूर्व विजेता नेपाल प्रहरीका भूमिराज राईलाई पछि पार्दै सेनाका रिमालले उपाधि हात पारेका हुन्। उनले निर्धारित १३ किलोमिटर दुरी एक घन्टा एक मिनेटमा पूरा गरेका थिए। उनलाई पछ्याएका नेपाली सेनाकै होमलाल श्रेष्ठ तीन [...]

  • kheladi-kutpit

    खेलाडी कुटपिट

    सर्लाहीमा भएको तेस्रो राष्ट्रिय गोजुरीयो ओसिकाई करांते प्रतियोगितामा पहिलो स्थान हात पारेका मध्यमाञ्चलको टिम चढेको बसलाई शनिबार राति एक लुटेरा समुहले आक्रमण गरी लुटपाट गरेको छ। नेपाल गोजुरीयो ओसिकाई संघको आयोजनामा सम्पन्न प्रतियोगितामा भाग लिई फर्केको बसलाई लुटेरा समुहले शनिबार राति मकनवारपुरको नवलपुर नजिक लुटपाट गरी खेलाडीलाई कुटपिट र बसमा तोडफोड गरेका हुन्। लुटेराको कुटपिटबाट [...]

  • sadak-nirman

    यी मानिसहरु को होलान् ?

    मध्यान्हको तातो घाममा यसरी सडक निर्माणमा लागिपरेका मानिसहरु को होलान्? यी कुनै मजदुर होइनन्। यी त बस व्यवशायीहरु हुन्।  स्थानिय निकायले सडक मर्मतमा चासो नदिएपछि सुनसरीको झुम्कादेखि चतरासम्मको २४ किलोमिटर लामो सडक खण‍डमा बस गुडाउने व्यवशायीहरु आफै कोदालो बोकेर सडक मर्मतमा उत्रिएका हुन्। पुर्वाञ्चलकै एक तीर्थस्थल बराहक्षेत्रसम्म पुग्ने यो बाटोमा खाल्डाखुल्डी परेर सवारीका साधन गुड्नै [...]

  • nepalgunj-hospital

    नेपालगन्जस्थित शिक्षण अस्पतालमा बिरामीहरुको सख्यामा बुद्धि

    नेपालगन्जस्थित शिक्षण अस्पताल गतबर्षदेखि सिसियु र आईसियु सेवा सञ्चालन गरेपछि मुटु रोगसँग सम्बन्धित समस्या लिएर उपचारका लागि आउने बिरामीहरुको सख्यामा बुद्धि भएको छ। मध्य र सुदुरपश्चिमका अधिकांश जिल्लाबाट शिक्षण अस्पतालमा उपचारका लागि मुटु रोगीहरु आउने गरेका छन्। एकबर्षको अवधिमा ६११ जना बिरामी उपचारका लागि भर्ना भएको मुटुरोग बिशेषज्ञ तथा आईसियु, सिसियु प्रमुख डाक्टर मिलन प्रकाश [...]

  • nepali-note

    नेपाल राष्ट्र बैंकले बितरण गरेको नोटमा त्रुटि

    दशैका लागि नेपाल राष्ट्र बैंकले बितरण गरेको मध्ये केहि नोट त्रुटिपूर्ण रहेकेा पाइएको छ।  हेर्दा नयां नोट, तर रुपैयांमा लेखिएका नम्बरका अंक अपुरो रहेका छन्। सर्बसाधारणको हातमा त्रुटिपूर्ण नयां रुपैयां पठाएर राष्ट्र बैकले पुनः आफ्नो कम्जोरी स्पष्ट पारेको गुनासो आउन थालेको छ। तुलसीपुरका दिपेन्द्र गिरीसंग भएका २० रुपैंया दरका दुई नोटमा एक छेउमा घ ८४–०८४९९८ [...]

  • गोरखाको एक क्याम्पसका प्रँध्यापक अपहरण परेका छन्

    गोरखाको एक क्याम्पसका प्रँध्यापक अपहरण परेका छन्

    गोरखाको द्रब्यशाह बहुमखी क्याम्पसका प्रँध्यापक शुक्रराज वाग्ले शुक्रबार बिहानबाट अपहरणमा परेका छन्। उपचारका लागि चितवनको भरतपुर क्यान्सर अस्पताल पुगेका प्रँध्यापक वाग्ले शुक्रबार एघार बजेपछि अपहरणमा परेको परिवारले जनाएको छ। छोरीलाई फोन गरी वाग्लेले आफू अपहरणमा परेको जानकारी गराएको परिवारले जनाएको छ। इजरायलमा रहेका छोरा सिलज वाग्लेसंगको लेनदेनको बिषयमा जोडिएका ब्यक्तिले श्रीमान्को अपहरण गरेको हुन सक्ने [...]