संसदबाट पारित व्याख्यात्मक टिप्पणीको अर्थ छैनः अध्यक्ष ओली

१३ भदौ २०८० विराटनगर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग कार्यक्रम एमसीसी सम्झौताका विषयमा संसदबाट पास भएको १२ बुँदे व्याख्यात्मक घोषणाको कुनै अर्थ नभएको बताउनु भएको छ ।
ओलीले तत्कालीन सत्तापक्षले जनता झुक्याउन व्याख्यात्मक घोषणा पास गरे पनि एमसीसीले त्यसलाई नमान्ने ठोकुवा गर्नुभयो ।
पार्टीको सचिवालय बैठकका लागि सिरहा जाने क्रममा विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले एमसीसी नेपालको संसदले अनुमोदन गरेको हुनाले कार्यान्वयनमा भने जाने बताउनुभयो ।
१२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंग हुन्छ भनेर तत्कालीन प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले संसदमा झुट बोलेको आरोप ओलीले लगाउनुभयो ।
एमसीसी पास गर्नु उपयुक्त हो होइन भन्ने विषयमा बेग्लै ढंगले सोच्नुपर्नेमा सरकारले त्यसबेला झुट बोलेर पारित गराएको उहाँको भनाइ थियो ।
यसैबीच एमसीसी कार्यान्वयनका लागि सिंहदरबारमा लेटर एक्सजेन्ज कार्यक्रम हुँदैछ । यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरन एलफोर्ड काठमाडौंमा छन् ।
प्रतिक्रिया