बाँकेमा ५१ सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ भदौ १० गते १८:४६

१० भदौ, २०७७, बाँके । बाँकेमा आज ५१ जना सैनिकसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर स्वास्थ्य मन्त्रालयले यो विवरण सार्वजनिक गरेको छैन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा २२ र बागेश्वरी पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ जना नयाँ संक्रमित भेटिएका हुन् ।
बागेश्वरीमा पहिचान भएका सबै संक्रमित सैनिक हुन् । उनीहरु कोहलपुरस्थित सैनिक तालिमकेन्द्रमा कार्यरत छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अन्य संक्रमितमा नेपाल टेलिकमका ८ जना, माछापुच्छ्रे बैंक, पुरैना स्वास्थ्य चौकी र भेरी अस्पतालका एकरएक जना पनि छन् ।
त्यस्तै नेपालगन्जका ६ जना, खजुरा, कोहलपुर र नरैनापुर गाउँपालिकाका एकरएकजनामा संक्रमण भएको छ ।
प्रतिक्रिया