बागमती प्रदेशकी उपसभामुख तामाङलाई कोरोना संक्रमण
२०७७ भदौ १ गते १९:१५

१ भदौ, २०७७ काठमाडौं । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा उपसभामुख तामाङमा सङ्क्रमण पुष्टि भएको हो । उहाँको ३ दिनअघि स्वाब लिइएको थियो ।
सङ्क्रमण पुष्टि भएपछि उपसभामुख तामाङ हेटौंडामा रहेको सरकारी आवासमा सेल्फ आईसोलेशनमा बस्नुभएको स्वकीय सचीव एलिशा थापाले जानकारी दिनुभयो ।
तामङले आफूसँग सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गर्नुभएको छ । उहाँलाई सामान्य रुघाखोकी देखापरे पनि ठुलो समस्या नभएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया