समाज
उद्योग अधिकृत वली एक लाख घुससहित पक्राउ
२०७७ असार ३० गते १५:०२

३० असार, २०७७ बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत हुकुम बहादुर वलीलाई करिव १ लाख घुस लिँदै गर्दा पक्राउ गरेको छ ।
अख्तियारको बुटवलबाट खटिएको टोलीले वलीलाई ९६ हजार ३ सय रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो ।
उद्योगको लाईसेन्स बनाईदिने बाहानमा रकम लिन लागेका बेला उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
प्रतिक्रिया