प्रदेशसभामा प्रदेश २ को नाम र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन पेश

२ माघ २०७८ जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नाम र स्थायी राजधानी प्रस्ताव गरिएको छ ।
बैठकमा प्रदेशको नामकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले प्रतिवेदन पेश गरेको हो। राजधानीका जनकपुरधाम र वीरगञ्ज प्रस्ताव गरिएको छ भने चार वटा नाम प्रस्ताव भएको छ ।
मधेस, मध्य मधेस, जानकी र मिथिला–भोजपुरा प्रदेशको नाम प्रस्ताव गरिएको छ । यसपछि दिउँसो २ बजे बोलाइएको प्रदेशसभामा प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
सभामुखको नेतृत्वमा गठन गरेको विशेष समितिले प्रदेशको नाम र राजधानीमा समिति जुटाउन नसकेपछि प्रदेशसभा सदस्यबाट नाम र राजधानीका लागि आएका प्रस्ताव मतदानबाटै टुङ्गो लगाउने सहमति भएको छ।
प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नरहेको अवस्थामा कुनै पनि प्रस्तावमा दुई तिहाई बहुमत नपुग्ने देखिन्छ । सत्तारुढ गठबन्धन एकै ठाउँमा उभिएको अवस्थामा प्रस्ताव पारित हुन सक्छ ।
प्रतिक्रिया