Political Hightlights
दलहरुको महाधिवेशन निर्वाचनको तयारीः प्रचण्ड
२०७८ मंसिर १४ गते १९:१२

१४ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुले अहिले आयोजना गरेको सम्मेलन र महाधिवेशन आउने निर्वाचनको तयारी जस्तो देखिएको बताउनु भएको छ ।
बुटवलमा आज माओवादीले गरेको पार्टीका केन्द्रीय प्रतिनिधि रामप्रसाद बञ्जाडे टंकमणिको श्रदाञ्जली सभामा अध्यक्ष प्रचण्डले देशमा चुनावको माहोल बन्दै गएको बताउनुभयो ।
उहाँले दलहरुको आपसी समझारी र सहकार्य सहित देशमा राजनीतिक स्थायित्व बनाउँदै देशलाई समृद्धितर्फ लैजानु आवश्यक रहेकोमा जोड दिनुभयो ।
बञ्जाडेको मंसिर ७ गते दाङमा आयोजना भएको पार्टीको कार्यक्रम समापन गरेर घर फर्किने क्रममा सवारी दुर्घटना परि निधन भएको थियो ।
प्रतिक्रिया