Political Hightlights

७५ जिल्लामा कांग्रेसको स्थानीय तहको अधिवेशन सकियो

हिमालय टिभी
२०७८ मंसिर ४ गते १८:५२
७५ जिल्लामा कांग्रेसको स्थानीय तहको अधिवेशन सकियो

४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ७५ जिल्लामा स्थानीय तहको अधिवेशन सकिएको छ ।

क्रियाशील सदस्य विवादका कारण सर्लाही र रसुवामा वडा तथा पालिका अधिवेशन हुन सकेको छैन । बाँकी सबै जिल्लामा स्थानीय तहको अधिवेशन सकिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

हिजोबाट ५९ जिल्लामा शुरु भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन आज पनि जारी रह्यो । निर्वाचन समितिको कार्यतालिका अनुसार मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला अधिवेशनको तयारी पनि सुरु भएको छ ।

मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

त्यसअघि १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र, ७७ जिल्ला र ७ वटै प्रदेशको अधिवेशन भइसक्नुपर्छ । त्यस्तै, दुई वा सोभन्दा धेरै निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *