ओली निकट नेताहरुको भैँसेपाटी बैठक, गौतमले दिए यस्तो जवाफ

२१ असार, २०७७ काठमाडौं । नेकपा विभाजनसम्मको आशंका भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरूले शुक्रबार मध्यरातसम्म उपाध्यक्ष वामदेव गौतमसँग उहाँकै निवास भैँसेपाटीमा छलफल गरेका छन् ।
‘डिनर’सहित करिब सात घन्टा भएको भेटमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो ।
शुक्रबार बिहान महासचिव विष्णु पौडेलले उपाध्यक्ष गौतमलाई शीतलनिवास लगेर राष्ट्रपतिसँग पनि संवाद गराउनु भएको छ । नेता गौतमले यसबारे शनिबार बिहान नेकपा अध्यक्ष प्रचण्डनिवासमा सचिवालयका अन्य पाँच सदस्यलाई जानकारी गराउनु भएको छ ।
गौतमले आफ्नो निवासमा भएको छलफलबारे प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, मावधकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई जानकारी गराउनु भएको हो ।
आफूलाई भावी अध्यक्ष बन्ने अफर आएको र बहुदलीय जनवादको नेतृत्व गर्ने भनिएको तर, ओलीबाट धेरैपटक धोका पाएकोले अब त्यस्तो गल्ती गर्दिनँ भनेर पठाएको गौतमले जानकारी गराउनु भएको छ ।
प्रतिक्रिया