Main News
कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५७ जना पुग्यो
२०७७ जेठ २६ गते १३:२५

२६ जेठ, २०७७, सुर्खेत । कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
दैलेखमा १०, सल्यानमा ५ र सुर्खेतमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको स्वास्थ्य महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ ।
प्रतिक्रिया