Main News
गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि
२०७७ जेठ १६ गते ११:२२

पोखरा । गण्डकी प्रदेशको नवलपुर देवचुली नगरपालिकाकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले विज्ञप्ती निकालेर कोरोना पुष्टि भएको जनाएको हो । उनीहरू देवचुली वडा नम्बर ११ र १५ का बासिन्दा हुन् ।
दुवै युवक जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा रहेका थिए । उनीहरुलाई नवलपुरको डण्डामा रहेको मध्यबिन्दु अस्पताल लैजाने तयारी छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।
नेपालमा हिजो एकैपटक अहिलेसम्मकै धेरै १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा संक्रमितको संख्या १ हजार ४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
प्रतिक्रिया