सांसद शर्मा बोलिरहँदा कांग्रेस सांसदले किन गरे संसदमा होहल्ला ?

काठमाडौं । रुकुम पश्चिममा सांसद जनार्दन शर्माले चौरजहारीमा तीन जनाको ज्यान जाने गरी भएको घटनाबारे संसदमा बोलिरहँदा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले हो–हल्ला गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि बोल्न थालेका शर्माले घटनामा राजनीतिकरण गर्न नहुने भनेपछि कांग्रेस सांसदले होहल्ला गरेका थिए ।
बैठकको शुरुमा नै बोलेका कांग्रेस सांसद मीनबहादुर विश्वकर्माले घटनालाई तोडमोड गरेर राजनीतिकरण गर्न खोजिएको आरोप लगाउनुभएको थियो । त्यसकै प्रतिउत्तरमा शर्माले घटनामा राजनीतिकरण गर्न खोजिएको भनेर आफूहरुप्रति संकेत गरेको भन्दै कांग्रेस सांसदहरुले होहल्ला गरेका थिए ।
सांसद शर्माले आफू रूकुम पश्चिमको जनप्रतिनिधि भएकाले बोल्न पाउनुपर्ने माग गर्नुभयो । सभामुख सापकोटाले कांग्रेस सांसदहरूलाई पटकपटक सम्हालिन अनुरोध गर्नुभयो । कांग्रेस सांसदहरूको हल्लाबीच नै शर्माले आफ्नो भनाइ टुंग्याउनुभएको थियो ।
रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा भएको घटनामा नवराज विकसहित ३ जनाको मृत्यु भएको छ । ३ जना बेपत्ता अझै छन् ।
प्रतिक्रिया