Political Hightlights
अध्यादेश फिर्ता नलिए ओलीविरुद्ध कडा कदम चाल्ने प्रचण्ड-नेपाल समूहको चेतावनी (भिडियोसहित)
२०७७ पुष ३ गते १७:०६

३ पुस २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने चेतावनी दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा भएको प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवको भेलाले अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको हो ।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरु कसैलाई निषेध गरेर जाने पक्षमा नरहेको तर प्रधानमन्त्रीलाई पार्टीले नियन्त्रण गर्न आवश्यक भइसकेको बताउनुभएको छ ।
भेलाले प्रधानमन्त्री ओलीले पार्टीको विधि, पद्धति उल्लंघन भएको निष्कर्ष पनि निकालेको छ ।
प्रतिक्रिया