नेकपा नेताहरुलाई डा. भट्टराईले दिए यस्तो सुझाव

१७ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको विवाद उत्कर्षमा पुगेका बेला जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको पछि नलागेर नयाँ बाटो खोज्न आग्रह गर्नुभएको छ ।
आज ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले मूल पार्टी, नेतृत्वले रंग फेरिसकेपछि पनि बॉकी नेता तथा कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु नै विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको प्रमुख कारण भएको बताउनुभएको छ ।
उहाँले नेकपाका नेता कार्यकर्तालाई विद्रोह गरेर समाजवादी बाटोमा लाग्न आग्रह गर्नुभएको छ ।
भट्टराईले ओली आफ्नो बाटोमा दृढ रहेको भन्दै उहाँसँगै सति जाने कि बेलैमा नयाँ समाजवादी बाटो बनाउने भनेर प्रश्न समेत गर्नुभएको छ ।
विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको एउटा प्रमुख कारण मूल पार्टी/नेतृत्वले रंग फेरिसकेपछि पनि बाॅकी नेता/कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु हो भन्ने हिजोका झापाली/माओवादीले कति छिटो बिर्सेको?ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने?
— Baburam Bhattarai (@brb1954) November 2, 2020
प्रतिक्रिया