खेलकूद

लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरियो

हिमालय टिभी
२०७७ माघ १२ गते ९:२१
लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरियो

१२ माघ २०७७ काठमाडौं । लिभरपुल एफ ए कप फूटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

म्यानचेष्टर युनाइटेडसँग ३–२ गोलले स्तब्ध हुँदै लिभरपुल एफ ए कपको चौथो चरणबाटै बाहिरिएको हो । युनाइटेडको मैदान ओल्ड ट्राफोर्डमा मोहमेद सलाहले लिभरपुलाई १८ औं मिनेटमै अग्रता दिलाएका थिए ।

लगत्तै २६ औं मिनेटमा युनाइटेडका मासन ग्रीनउडले गोल गर्दै खेल एक(एकको बराबरी गरे । त्यस्तै युनाइटेडका मार्कस रोशफोर्डले ४८ औं र लिभरपुलका सलाहले ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल दुईदुईको बराबरी भयो ।

त्यसपछि ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गरेपछि युनाइटेड समग्रमा ३(२ ले विजयी हुँदै अर्को चरण प्रवेश गर्‍यो ।

यस्तै गएराति नै आआफ्ना खेल जित्दै चेल्सी, लेष्टर सिटी, बर्नली र एभर्टनले पनि पाँचौ चरणमा स्थान बनाए । चेल्सीले लुटनलाई ३–०, लेष्टरले ब्रेन्टफोर्डलाई ३–१, बर्नलीले फूलह्यामलाई ३–० र एभर्टनले सेफिल्ड युनाइटेडलाई ३० ले हराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्