Political Hightlights

नेकपा प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गर्ने निर्णय

हिमालय टिभी
२०७७ माघ ११ गते १८:५९
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट समेत निश्कासन गर्ने निर्णय

११ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

स्थायी समितिको बैठकले गुटबन्दी गरेको र पार्टी विभाजन गर्न खोजेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको हो । अध्यक्षबाट हटाएको एक महिनापछि प्रचण्ड –नेपाल समूहले ओलीलाई पार्टीबाट निकालेको हो ।

केही नेता र तल्लोस्तरका कार्यकर्ता दुवै समूहबीच एकता गराउने प्रयासमा लागिरहेका बेला प्रचण्ड–नेपाल समूहले ओलीलाई कारवाही गरेर त्यो ढोका बन्द गरेको छ ।

संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको थियो । पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पछिल्लो पटक आन्दोलनका कार्यक्रम प्रभावकारी रहेको निष्कर्ष निकाल्दै तेस्रो चरणको संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

भोलि बस्ने बैठकले तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो । त्यस्तै रिक्त पद पूर्ति गर्ने पनि बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्