खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा आर्मी र एपीएफ विजयी

हिमालय टिभी
२०७७ माघ ११ गते १७:३४
राष्ट्रिय महिला लीग फूटबलमा आर्मी र एपीएफ विजयी

११ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलका आजका खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकालाई ७–० गोलको फराकिलो अन्तरले हराएको हो । यसअघि उद्घाटन खेलमा आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतियोगितामा आर्मीलाई पहिलो जित दिलाउने क्रममा विमला चौधरीले ह्याट्रिक गर्दा दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् । तीन विदेशी खेलाडीको साथ पाएको वालिङलाई सुरुदेखि नै दबाबमा राखेको आर्मीले १४ औं मिनेटमा विमलाको गोलबाट अग्रता लियो । २८ औं मिनेटमा दिपाको गोलबाट अग्रता दोब्बर बनाएको आर्मीले ४४ औं मिनेटमा शर्मिलाको गोलबाट पहिलो हाफअघिमा ३(० को अग्रता लिएको थियो ।

एकतर्फी खेलको दोस्रो हाफमा आर्मीले थप ४ गोल गर्‍यो । ६६ र ७५ औं मिनेटमा विमलाले दुई गोल गर्दै ह्याट्रिक पुरा गर्दा ८९ औं मिनेटमा हेमाले आर्मीका लागि एक गोल थपिन् ।

दोस्रो हाफमा मैदान प्रवेश गरेकी हेमाले सिक्स यार्ड बक्स नजिकैबाट गोल गरेकी थिइन् । जिततर्फ उन्मुख आर्मीका लागि खेलको इन्जुरी समयमा भुजुङ्गाले गोल गर्दै ७-० को जित पक्का गरिन् । जितसँगै आर्मीले २ खेलबाट ४ अंक जोडेको छ ।

लिगमा आजै भएको दोश्रो खेलमा विभागीय टोली एपीएफले विराटनगर महानगरपालिकालाई ७-० गोलको फराकिलो अन्तरले नै हराएको हो । एपीएफको जितमा सावित्रा भण्डारीले ४ तथा अनिता केसीले २ गोल र सरु लिम्बुले एक गोल गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्