खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ ११ गते ७:५५
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

११ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज बागमती प्रदेश र लुम्बिनी प्रदेश तथा प्रदेश २ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका हुन् । समूह बी अन्तर्गत शीर्ष स्थानको बागमती र दोस्रो स्थानको लुम्बिनीले प्रतिस्पर्धा गर्दैछन् ।

हालसम्म अपराजित बागमतीले तीनवटै खेल जित्दा समान तीन खेल खेलेको लुम्बिनीले दुई खेल जितेको छ । आजको खेल जिते बागमती सेमिफाइनलमा पुग्नेछ ।

यस्तै लुम्बिनीको लक्ष्य सेमिफाइनल पुग्ने सम्भावना थप बलियो बनाउने हुनेछ । मूलपानी क्रिकेट मैदानमा खेल बिहान नौ बजे हुनेछ ।

यस्तै यही समूहको अर्को खेलमा प्रदेश २ र सुदूरपश्चिम आमने सामने हुँदैछन् । दुई खेल खेलेको प्रदेश २ पहिलो जितको खोजीमा छ भने तीन खेल खेलेको सुदूरपश्चिम जितविहीन हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

खेल बिहान नौ बजे नै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्