जस्तापाताको छाना पाएपछि रोल्पाली खुसी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते २०:५०
जस्तापाताको छाना पाएपछि रोल्पाली खुसी (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ रोल्पा । रोल्पाका स्थानीय तहले खरको छाना विस्थापित गर्दै जस्तापाताले घर छाउने अभियान तिब्र पारेका छन् । वर्षौदेखि पानी चुहिने खरको छानोमुनी बसेका विपन्न परिवार जस्तापाताको छाना पाएपछि अहिले दंग छन् ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नम्वर ४ का खुमा बुढामगर वर्षौदेखि खरको छानामुनि बस्दै आउनु भएको थियो । आफु बस्ने घरमा जस्तापाता लगाउनु उहाँका लागि ठूलो सपना थियो । अहिले गाउँपालिकाले जस्तापाता दिएपछि उहाँको सपना पूरा भएको छ । वर्षेनी खर काट्नु पर्ने र घर छाउनु पर्ने बाध्यता हटेको छ ।

खुमा जस्तै घरमा जस्ता लगाउन पाएपछि युवराज घर्ती पनि खुसी हुनुहुन्छ ।

विपन्न परिवारका घरको छाना फेरिदिने अभियान रोल्पाका सबै स्थानीय तहले अघि बढाएका छन् । जसका कारण धेरै परिवारलाई राहत पुगेको छ ।

रोल्पाका ४४ हजार घरधुरी मध्ये १५ हजार घरमा खरको छाना छन् । ति मध्ये साढे ६ हजार भन्दा बढी घरमा जस्तापाता लगाइसकिएको छ । सुनिलस्मृति गाउँपालिकाले अहिलेसम्म १४ सय घरमा खरको छाना विस्थापित गरेर जस्ता पाता लगाइसकेको छ । यो वर्ष ४ सय घरमा लगाउने योजना छ ।

खरको छाना प्रत्येक वर्ष विग्रने भएकाले नयाँ खर हाल्नुपर्छ । खर हटाएर घरमा जस्तापाता लगाउँदा अहिले रोल्पाका धेरै परिवार खुसी भएका छन् । अन्यत्र पनि यस्तो अभियान चलाउन सके आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठूलो सहयोग पुग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *