Political Hightlights

प्रधानमन्त्री ओली द्रुत्त गतिमा दक्षिणपन्थी बाटोमा गइरहेको नेता भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १० गते १६:५७
प्रधानमन्त्री ओली द्रुत्त गतिमा दक्षिणपन्थी बाटोमा गइरहेको नेता भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)

१० माघ २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली द्रुत गतिमा दक्षिणपन्थी बाटोतिर गइरहेको आरोप लगाउनु भएको छ ।

काठमाडौंमा आज आयोजित अन्तरक्रियामा नेता भट्टराईले आन्दोलनबाट प्राप्त भएका उपलव्धि समाप्त पार्ने शक्तिसँग प्रधानमन्त्रीका विचार मिलिरहेको तर्क गर्नुभयो । प्रधानमन्त्रीको पक्षमा सर्वोच्च अदालतमा लड्ने वकिल हेर्दा पनि जनताले पाएका उपलव्धि उहाँलाई मन नपरेको पुष्टि हुने उहाँको दाबी छ ।

नेता भट्टराइले संविधानमाथिको प्रश्नमा वकिलहरुले पनि आफ्नो वैचारिक धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा भने वकिलहरु आफ्नो विचारबाट भाग्न नमिल्ने उहाँले बताउनुभयो ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएको भन्दै भट्टराईले त्यही कारण संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्