खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ १० गते ७:२४
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

१० माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज सशस्त्र प्रहरीको एपीएफ क्लब र कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्ने भएका हुन् ।

समूह ए अन्तर्गत एपीएफ र कर्णाली आमने सामने हुँदैछन् । दुई खेलमा दुबै खेल जितेको एपीएफ तालिकाको दोस्रो तथा तीन खेलमा एक खेलमा मात्र जित निकालेको कर्णाली तेस्रो स्थानमा छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल खेल बिहान नौ बजे हुनेछ ।

यस्तै समूह बी मा लुम्बिनी र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । दुई खेल खेलेको लुम्बिनीले एक खेल जित्दा समान दुई खेल खेलेको सुदूरपश्चिम अझै जितविहिन छ ।

लुम्बिनी तालिकाको तेस्रो र सुदूरपश्चिम तालिकाको पुछारमा छन् । खेल बिहान नौ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्