Political Hightlights

प्रधानमन्त्री ओलीसँग सहकार्य नगर्न देउवालाई केन्द्रीय सदस्यहरुको सुझाव

हिमालय टिभी
२०७७ माघ १० गते ७:१५
प्रधानमन्त्री ओलीसँग सहकार्य नगर्न देउवालाई केन्द्रीय सदस्यहरुको सुझाव

१० माघ २०७७ काठमाडौं । प्रदेशको सत्तासमीकरणमा प्रधानमन्त्री केपी ओली समूहसँग सहकार्य नगर्न नेपाली कांग्रेसका सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

केन्द्रीय सदस्यले कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न नहुनेमा जोड दिए का हुन्।

बुधबार प्रदेश १ का विषयमा छलफल गरेका देउवाले हिजो बागमती प्रदेशको सत्तासमीकरणबारे त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसँग छलफल गर्नु भएको थियो । तर, संसद् विघटनपछि प्रदेश सरकारको सत्तासमीकरणलाई लिएर कांग्रेसले निर्णय लिन सकेको छैन ।

दुवैतर्फ संवादमा रहेको कांग्रेस अझै ‘पर्ख र हेर’को रणनीतिमा छ । बुढानीलकण्ठस्थित देउवा निवासमा भएको छलफलमा देउवाले ओली समूहसँग गठबन्धन गर्नुपर्ने संकेत गरे  पनि देउवाले आफ्नो धारणा प्रस्ट राख्नु भएन ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको प्रदेश १ र बागमती प्रदेशमा जसले आफूहरुलाई एउटा मुख्यमन्त्री दिन्छ उसैलाई समर्थन गर्नुपर्ने देउवाको आसय थियो । तर, पौडेल समूहका नेताहरूले प्रचण्ड–नेपाल समूह पनि दुईमध्ये एक मुख्यमन्त्री दिन तयार रहेको बताएपछि देउवाँ पछि हटेको बुझिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने कुनै पनि अवस्थामा ओली समूहसँग सहकार्य गर्न नहुने स्पष्ट अडानमा उभिएको छ । पार्टीभित्र देउवा निकटकै र इतर समूहका केन्द्रीय सदस्य ओली समूहसँग सहकार्य गर्न नहुने अडानमा छन् ।

देउवाले छलफल गरेर निर्णय गर्ने अधिकार प्रदेश सभाको संसदीय दललाई दिनुपर्ने प्रस्ताव गरे पनि सबै प्रदेशमा लागू हुने गरी केन्द्रीय समितिले नै एउटा नीति तयार गरेर अघि बढ्नुपर्ने पौडेल पक्षको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्