राजनीति

प्रचण्ड-नेपालको आन्दोलनप्रति ओलीको खिसीट्युरी ! भन्छन् – खुट्टी हेर्दै चाल पाइयो (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते १९:१३
प्रचण्ड-नेपालको आन्दोलनप्रति ओलीको खिसीट्युरी ! भन्छन् – खुट्टी हेर्दै चाल पाइयो (भिडियोसहित)

९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको शक्ति प्रदर्शनका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिक्रिया आएको छ ।

हजारौंलाई सडकमा उतारेर दबाब दिने प्रचण्ड–नेपालको प्रयासलाई प्रधानमन्त्री ओलीले सामान्य भन्नुभएको छ ।

काठमाडौंमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी प्यालेसमा भएको आफ्नो कार्यक्रममा भन्दा प्रचण्ड–नेपाल समूहको कार्यक्रममा केही बढी मान्छे देखिएको टिप्पणी गर्नुभयो । प्रचण्ड–नेपाल समूहको सभालाई प्रधानमन्त्रीले यसरी खिसिट्युरी गर्नुभयो ।

प्रचण्ड–नेपाल समूहलाई वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर २३ गते देखाई दिने पनि प्रधानमन्त्रीले चुनौती दिनुभयो । प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा सभा गरेपछि ओली समूहले २३ गते काठमाडौंमा सभा गर्न लागेको हो ।

प्रचण्डको आजको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद पुनर्स्थापनाका लागि अदालतलाई धम्की नदिनसमेत प्रधानमन्त्रीले चेतावनी दिनुभयो ।

आफ्नाविरुद्ध गलत प्रचार गरेको भन्दै प्रधानमन्त्री ओलीले आक्रोश व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्