खेलकूद

राष्ट्रिय महिला लीग फूटबलमा पुलिस क्लब विजयी

हिमालय टिभी
२०७७ माघ ९ गते १७:३२
राष्ट्रिय महिला लीग फूटबलमा पुलिस क्लब विजयी

९ माघ २०७७ काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा नेपाल पुलिस क्लबले आज उदयपुरको चौदण्डीगढी नगरपालिकालाई फराकिलो अन्तरले हराएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पुलिसले चौदण्डीगढीलाई ६–० गोल अन्तरले हराएको हो । पुलिसको जितमा रेखा पौडेल र सिर्जना खड्काले २–२ गोल गरे । अमृता जैसी र निर्मला विकका नाममा एकएक गोल रह्‍यो ।

शुरुवातदेखिनै चौदण्डीगढीमाथि दबाब बनाएको पुलिसले खेलको २८ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम ५ मिनेटमा पुलिसले ३ गोल थपेको थियो ।

४१ औं मिनेटमा अमृता जैसी, ४५ औं मिनेटमा सिर्जना खड्का र पहिलो हाफको इन्जुरी समयमा निर्मला विकले गोल गरे । पुलिसले दोस्रो हाफमा २ गोल गर्‍यो । ८९ औं मिनेटमा रेखा र अन्तिम मिनेटमा सिर्जनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पुलिस फराकिलो अन्तरले विजयी भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्