Political Hightlights

ओली समूहसँग एकता र सहकार्य हुन नसक्ने नेकपा प्रचण्ड–नेपाल समूहको घोषणा (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते १७:०९
ओली समूहसँग एकता र सहकार्य हुन नसक्ने नेकपा प्रचण्ड–नेपाल समूहको घोषणा (भिडियोसहित)

९ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब एकता र सहकार्य हुन नसक्ने घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा भएको सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका शीर्ष नेताहरुले अब ओलीसँग सहकार्य हुन नसक्ने घोषणा गरेका हुन ।

उनीहरुले प्रधानमन्त्री ओलीलाई परास्त गरेरै छोड्ने उद्घोष गरेका छन् । शान्तिवाटिकामा भएको सभामा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले अब प्रधानमन्त्री ओलीसँग कुनै सहकार्य र एकता हुन नसक्ने बताउनुभयो । अब फेरि मिल्ने हुन् कि भन्ने आशंका नगर्न पनि नेपालले आग्रह गर्नुभयो । नेपालले भन्नुभयो–अब कुनै सहकार्य हुनै सक्दैन, सबैजना प्रष्ट भए हुन्छ।’

तर ओलीले माफी मागे माफी दिने उहाँले प्रष्ट पार्नुभयो । प्रचण्ड–नेपाल समूहका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा उदार भएर ओलीलाई तह लगाउन नसकिएको भन्दै अब तह लगाएर छोड्ने बताउनुभयो । विगतमा उदार भएर गल्ती गरेको भन्दै प्रचण्डले ओली प्रवृत्तिलाई काम गर्न नदिने बताउनुभयो ।

ओलीले आफूलाई सिध्याउन राजावादीसँग साँठगाँठ गरेको प्रचण्डको आरोप छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा मात्र नभई शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको प्रचण्डले आरोप लगाउनुभयो । तर त्यो प्रयासलाई परास्त गर्ने प्रचण्डको दावी छ ।

वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको बताउनुभयो । आफ्नो समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी छुट्टाछुट्टै आन्दोलनमा भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको नभूल्न पनि खनालले ओलीलाई चेतावनी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्