Political Hightlights

प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठुलो समस्याः अध्यक्ष नेपाल

हिमालय टिभी
२०७७ माघ ९ गते १४:०२
प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठुलो समस्याः अध्यक्ष नेपाल

९ माघ २०७७ सुर्खेत । नेकपाको प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली देशका लागि सबैभन्दा ठूलो समस्या भएको बताउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा आज बिहान संचारकर्मीसँग अध्यक्ष नेपालले ओलीलाई देश र पार्टीको नेतृत्व गर्ने अधिकार नभएको बताउनु भयो । अहिले प्रधानमन्त्री र निकटका व्यक्तिहरुले नेताहरुलाई जेल हाल्न धम्की दिइरहेको भन्दै नेपालले आफू त्यस्ता कुराबाट नडराउने बताउनुभयो ।

अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले देश भडखालोमा हालेको आरोप लगाउँदै जिम्मेवार सरकार चाहने र भष्ट्राचारको विरोध गर्नेहरु एकै ठाँउमा उभिनुपर्ने बताउनुभयो । उहाँले नेकपाको आधिकारिकता आफूहरुमा रहेको पनि दोहोर्‍याउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्