मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव आज टेबल हुने

हिमालय टिभी
२०७७ माघ ९ गते ९:२७
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव आज टेबल हुने

९ माघ २०७७ हेटौंडा । वाग्मती प्रदेशको प्रदेशसभा बैठकमा आज मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने भएको छ ।

प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाउनुभएको छ । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ ।

नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभएको हो ।

यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले बैठक संचालन गर्न आग्रह गरे पनि थप छलफल गर्नुपर्ने भन्दै सभामुख श्रेष्ठले बैठक टार्दै आउनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरुले गएको पुस १० गते अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ । प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ ।

प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *