खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ ९ गते ७:४८
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

९ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज कर्णाली प्रदेश र प्रदेश १ तथा बागमती प्रदेश र प्रदेश २ बीच प्रतिस्पर्धा हुन लागेको हो । समूह ए अन्तर्गत कर्णाली र प्रदेश १ भिड्दै छन् ।

कर्णालीले दुई खेल खेल्दै एक खेल जितेको छ भने तीन खेल खेलेको प्रदेश१ अझै जितविहीन छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल खेल बिहान नौ बजे हुनेछ ।

यस्तै समूह बी मा बागमती र प्रदेश २ आमनेसामने हुँदै छन् । दुई खेल खेलेको बागमतीले दुबै खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ ।

उता यसअघि एक खेल खेलेको प्रदेश २ आज पहिलो जितको खोजीमा हुनेछ । खेल बिहान नौ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्