गुल्मीमा पीसीआर प्रयोगशालाका कर्मचारीले तीन महिनादेखि तलब पाएनन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ९ गते ६:४२
गुल्मीमा पीसीआर प्रयोगशालाका कर्मचारीले तीन महिनादेखि तलब पाएनन् (भिडियो रिपोर्टसहित)

९ माघ २०७७ गुल्मी । गुल्मीको तम्घासमा रहेको कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले ३ महिनादेखि पारिश्रमिक पाएका छैनन् । कर्मचारीले अहिलेसम्म नियुक्ति र तलव सुविधा केही पनि नपाएका हुन् । उनीहरुले यसका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइरहे पनि सुनुवाइ भएको छैन ।

गुल्मीको रेसुङ्गा नगरपालिका वडानम्बर–९ मा रहेको कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलव पाएका छैनन । १० जना कर्मचारीले असोज ८ गतेदेखि कोभिड–१९ परीक्षण प्रयोगशालामा काम गर्न थालेका थिए ।

तर, न त उनीहरुले तलव पाएका छन, न त नियुक्ति नै । तलवको माग गर्दै उनीहरुले पुस ५ गते जिल्ला अस्पतालमार्फत जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र नगरपालिकाको ध्यानाकर्षण गराए पनि सुनुवाई भएको छैन ।

जना असिस्टेन्ट,१ जना कम्प्युटर अपरेटर, १ जना हेल्पर र १ जना कुक छन । गत जेठ ३१ गते जिल्ला विपद् व्यवस्थापन समिति बैठकले कोभिड–१९ प्रयोगशाला र आइसोलेसन सेन्टर सञ्चालन गर्न हरेकनगरपालिकाले १५ लाख र गाउँपालिकाले १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर, केही स्थानीय तहले अहिलेसम्म रकम नदिएपछि प्रयोगशालाका १० कर्मचारी पारिश्रमिकबाट वञ्चित भएका छन् । अरु स्थानीय तहबाट सहयोग रकम नपाएको कारण अहिले समस्या परेको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यकर्मीले तलबको माग गर्दै प्रशासनमा निवेदन दिएको र समाधानका लागि स्थानीय तहसँग काम भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

प्रयोगशालामा काम गर्ने कर्मचारीले ३ महिनादेखि नियुक्तिपत्र, पारिश्रमिक मात्र नपाएको नभई कार्यावधि पनि तोकिएको छैन । यसमा जिल्लाका १२ बटै स्थानीय सरकारको ध्यान जान जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *