अन्तर्वार्ता

ओलीको कुर्सी मोहले यो अवस्था आयो: मोहनविक्रम सिंह (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ८ गते १४:४१
ओलीको कुर्सी मोहले यो अवस्था आयो: मोहनविक्रम सिंह (भिडियोसहित)

८ माघ, काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको पद मोहले अहिलेको अवस्था सृजना भएको टिप्पणी गर्नु भएको छ । हिमालय टेलिभिजनको दैनिक कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै महामन्त्री सिंहले प्रधानमन्त्री ओलीको पद मोहले गणतन्त्र, धर्म निरपेक्षता जस्ता परिवर्तनका उपलब्धी धरापमा पर्न सक्ने बताउनुभयो ।

उहाँले आफ्नो पार्टी संघीयता विरोधी भएकाले प्रधानमन्त्री ओलीले संघीयता खारेज गरेमा भने त्यसलाई साथ दिने बताउनुभयो । तर अन्य परिवर्तनका मुद्धामा भने आफूहरु केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्मै ओलीले चालेका कदमको विरद्धमा रहेको स्पष्ट पार्नुभयो ।

ओलीको तुलनामा प्रचण्ड गतिशिल नेता भए पनि उहाँमा महत्वकांक्षा बढी रहेको महामन्त्री सिंहको भनाइ छ । विगतमा प्रचण्ड र सिंह एउटै पार्टी नेकपा मसालमा हुनुहुन्थ्यो । तत्कालिन नेकपा एमाले र माओवादीबीच राजनीतिक सिद्धान्तका बारेमा प्रयाप्त बहस र छलफल नगरी एकाता भएकाले त्यो टिकाउ हुन नसकेको उहाँको बुझाइ छ । त्यो एकताले मुलुकलाई प्रतिगमनको खतराबाट बचाएको सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्