खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ ८ गते ७:४५
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

८ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा आज पनि दुई खेल हुँदै छन् ।

आज एपीएफ र गण्डकी प्रदेश तथा लुम्बिनी र नेपाल पुलिस क्लबबीच खेल हुँदै छ । एपीएफ र गण्डकीबीचको खेल मुलपानी मैदानमा हुनेछ ।

दुबै टोली आज दोस्रो जितको खोजिमा हुने छन् । तीन खेल खेलेको गण्डकीले एउटा मात्र जित निकालेको छ । एपीएफ भने पहिलो खेलमा विजयी भएको छ ।

यस्तै कीर्तिपुर मैदानमा लुम्बिनी र नेपाल पुलिसबीच खेल हुँदैछ । लुम्बिनीले पहिलो खेल जितेको छ भने पुलिसले एक खेलमा जित र अर्कोमा पराजित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्