Political Hightlights

चुनावमा जाने कि नजानेबारे कांग्रेसमा मतभेद (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ८ गते ६:१६
चुनावमा जाने कि नजानेबारे कांग्रेसमा मतभेद (भिडियो रिपोर्टसहित)

८ माघ २०७७ काठमाडौं । नेपाली कांग्रेसमा संसद पूनस्थापनाका लागि आन्दोलनमा जाने कि अदालतको फैसलाले जे भन्छ त्यही गर्ने भन्नेमा विवाद छ ।

सभापति शेरबहादुर देउवा अदालतको फैसला कुर्ने र चुनावको तयारी गर्ने पक्षमा हुनुहुन्छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष संसद पुनर्स्थापनाका लागि दबाब सिर्जना गर्नुपर्ने पक्षमा छ । र, यो मतभेद सार्वजनिक कार्यक्रममा पनि देखिने गरेको छ ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा नेता रमेश लेखक र गगन थापाका अभिव्यक्तिमा पनि त्यो देखियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्