आर्थिक

सुनको भाउ तोलामा ५ सय बढ्यो

हिमालय टिभी
२०७७ माघ ७ गते १३:२९
सुनको भाउ तोलामा ५ सय बढ्यो

७ माघ २०७७ काठमाडौं । स्थानीय बजारमा सुनको माउ आज प्रतितोला रु ५ सय रुपैयाँले उकालो लागेको छ ।

प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले बढेर रु ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ९१ हजार ५०० मा कारोवार भएको तेजाबी सुन आज रु ९२ हजार मूल्य निर्धारण भएको छ ।

यस्तै चाँदी तोलामा नै रु १५ ले वृद्धि भएको छ । चाँदी तोलामा रु एक हजार २४५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज रु एक हजार २६० मूल्य निर्धारण हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *