Political Hightlights

आफूले हिंसात्मक आन्दोलनको वकालत नगरेको प्रचण्डको प्रष्टिकरण

हिमालय टिभी
२०७७ माघ ७ गते १२:२५
आफूले हिंसात्मक आन्दोलनको वकालत नगरेको प्रचण्डको प्रष्टिकरण

७ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक संघर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिनुभएको छ ।

बुधबार राजधानीमा आयोजित सम्पादकहरुसँगको छलफलमा प्रचण्डले आफुले प्रयोग गरेको शाकाहारी शब्दको हिंसात्मक नभएर आवेगपूर्ण अर्थका लागि भएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो भनाइले कन्फ्युजन ल्याएको बताउँदै तर आक्रोश, आवेग व्यक्त गर्नका लागि मात्र प्रयोग गरिएको बताउनुभयो । आफूहरु निकट अनेरास्ववियूको भेलालाई यही माघ चार गते काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले अब ‘शाकाहारी’ आन्दोलनले मात्र पुग्ने देखिँदैन भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

सम्पादकहरुसँगको छलफलमा अध्यक्ष प्रचण्डले जनताको बहुदलीय जनवाद (जबज) प्रधानमन्त्री केपी शर्मा ओलीले नै छाडेको बताउनुभयो । आफूसँग पार्टी एकीकरणको सम्झौता हुँदा ओलीले जबज छाडेको प्रचण्डको भनाइ छ ।

निर्वाचनसँग आफूहरु नडराउने तर तानाशाहले गराउने चुनावले संविधान भाँच्ने अध्यक्ष प्रचण्डको भनाइ छ । अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ओली यतिबेला आफ्नो गल्ती स्वीकार्ने पक्षमा नरहेकाले तत्काललाई एकताको कुनै सम्भावना नरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्