खेलकूद

राष्ट्रिय महिला लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

हिमालय टिभी
२०७७ माघ ७ गते ९:३८
राष्ट्रिय महिला लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदै

७ माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ ।

राष्ट्रिय महिला लीगको उद्घाटन खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । आजको उद्घाटन खेल हेर्नका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको लीगमा ७ टोली सहभागी छन् । यस पटक लीगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् ।

उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे शुरु हुनेछ । अन्य खेल भने अखिल नेपाल फूटबल संघ एन्फाको मैदान सातदोबाटोमा हुनेछन् ।

प्रतियोगितोको विजेता टोलीले १० लाख रुपैयाँ, दोस्रो हुनेले ८ लाख, तेस्रो हुनेले ५ लाख, चौथो हुनेले ३ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्