खेलकूद

प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

हिमालय टिभी
२०७७ माघ ७ गते ७:४१
प्रधानमन्त्री कप क्रिकेटमा आज पनि दुई खेल हुँदै

७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।

प्रतियोगिता अन्तर्गत आज प्रदेश १ र त्रिभुवन आर्मी तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भिड्न लागेका हुन् । समूह ए अन्तर्गत मुलपानी क्रिकेट मैदानमा प्रदेश १ र आर्मीबीच खेल हुनेछ ।

यसअघि खेलेका दुबै खेल जित्दै आर्मी शीर्ष स्थानमा रहँदा दुबै खेल हारेको प्रदेश(१ तालिकाको पुछारमा छ । खेल बिहान नौ बजे शुरु हुनेछ ।

यस्तै समूह बीको खेलमा पुलिस र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा दुबै टोली आज पहिलो जित निकाल्ने दाउमा छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजे नै शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्