खेलकूद

खेलाडीको रोकिएको भत्ता दिलाउने मन्त्रीको प्रतिवद्धता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ६ गते २०:२६
खेलाडीको रोकिएको भत्ता दिलाउने मन्त्रीको प्रतिवद्धता (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ काठमाडौं। सरकारले खेलकूद पुरस्कार र खेलाडी प्रोत्साहन भत्ताको लागि बजेटको व्यवस्थापन गर्ने आश्वासन दिएको छ । खेलाडीले पहिला प्रोत्साहन भत्ता पाउँदै आए पनि कोरोना संक्रमण सुरु भएयता रोकिएको छ । त्यसैले खेलाडीले रोकिएको भत्ता पाउँ भन्दै पटक पटक मन्त्रालय धाएका थिए ।

खेलाडीले पाउँदै आएको प्रोत्साहन भत्ता कोरोना संक्रमण शुरु भएयता रोकिएको छ । कोरोना संक्रमणका कारण सबै क्षेत्र अस्तव्यस्त भएको बेलामा आफूहरुले पाउने भत्ता रोकिएपछि खेलाडीले युवा तथा खेलकुद मन्त्रालयमा नै पुगेर पटक पटक ध्यानाकर्षण गराएका थिए ।

तर निवर्तमान खेलकुद मन्त्री जगत विश्वकर्माले मात्र हैन, वर्तमान मन्त्री मन्त्री दावा तामाङले पनि समस्या समाधान गर्ने आश्वासन दिनुभएको थियो । तर त्यो आश्वासन अझै कार्यान्वयनमा गएको छैन ।

अखिल नेपाल फुटबल संघको १९ औँ साधारण सभामा मन्त्री तामाङले मन्त्रालयले विगतका वर्षमा दिँदै आएको तर हाललाई रोकिएर रहेको खेलकुद पुरस्कार र खेलाडी प्रोत्साहन भत्तालाई पुनः व्यवस्थापनको प्रक्रिया अगाडी बढाउने आश्वासन दिनुभयो । र उहाँले छिट्टै टुंगोमा पुग्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

उहाँले यो प्रतिवद्धता जनाएको पहिलो हैन । तर पनि यो आश्वासनले खेलाडी र खेल पदाधिकारी केही आशावादी छन् । कोरोना संक्रमणपछि नेपालको खेल क्षेत्र पछाडि धकेलिएको छ । सेवा सुविधान नपाएका खेलाडीले अभ्यास गर्न पनि पाएका छैनन् ।

अभ्यास लगायतका खेल गतिविधि गर्न खेल संघलाई पनि बजेटको अभाव छ । र यो अभाव फुटबलमा समेत छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार नेपाली फुटबललाई परिणाममुखी रुपले व्यवस्थित गर्नका लागि बजेटको अभाव छ । सरकारले बजेटको व्यवस्थापन गरिदिए चार वर्षभित्र नेपाली फुटबल व्यवसायिकतातर्फ उन्मुख गर्ने एन्फाको योजना छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालका अनुसार नेपाली खेलाडीहरुसँग योग्यता, क्षमता तथा सिप भएपनि व्यवस्थित प्रशिक्षणको अभाव छ । र यो प्रशिक्षणमा कहिँ न कहीँ बजेट पनि जोडिन्छ । त्यसैले खेलाडी तथा खेल क्षेत्रका व्यक्तिहरुले खेल क्षेत्रलाई पुनः पहिलेकै अवस्थामा फर्काउनको निम्ति सरकारले विशेष प्याकेज ल्याउनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्