राजनीति

प्रदेश एकमा तनावकाे संकेत, अविस्वास प्रस्ताव अघि बढ्न नदिने ओली पक्षकाे तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ ६ गते १९:१९
प्रदेश एकमा तनावकाे संकेत, अविस्वास प्रस्ताव अघि बढ्न नदिने ओली पक्षकाे तयारी (भिडियो रिपोर्टसहित)

६ माघ २०७७ विराटनगर । प्रदेश १ को भोलि शुरु हुने हिउँदे अधिवेशन तनावपूर्ण हुने संकेत देखिएको छ । अधिवेशन शुरु हुने अघिल्लो दिन नेकपाका दुबै समूह रणनीति बनाउन व्यस्त छन् ।

मूख्यमन्त्री शेरधन राईविरुद्ध अविस्वास प्रस्ताव पेश भएकाले यो अधिवेशनलाई चासोका साथ हेरिएको छ । मुख्यमन्त्री राइ समर्थकको अनौपचारिक बैठकले कार्वाही गरिएका सांसदलाई प्रदेश सभामा सहभागि हुन नदिने योजना बनाएको बताइएको छ ।

पार्टीबाट निलम्वन भइसकेको तर्क गर्दै प्रचण्ड नेपाल समुहका सांसदलाई प्रदेशसभामा सहभागी हुन नदिने राइ समर्थकको चेतावनी छ । मूख्यमन्त्री राईले पनि आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि बढ्न नसक्ने दाबी गर्नुभएको छ । संसदीय अभ्यासविरुद्ध अविश्वास प्रस्ताव आएकाले सभामुखले फिर्ता लिन आग्रह गर्नुपर्ने राइको भनाइ छ ।

ओली समूहले आफुहरुलाई बैठकमै सहभागी हुन नदिने योजना बनाएको भन्दै प्रचण्ड नेपाल पक्षका सांसदले आपत्ति जनाएका छन् ।

विराटनगरस्थित होटल एसियाटिकमा प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा पनि यसबारे छलफल भएको छ । प्रदेशसभा बैठकमा प्रवेश गर्न नदिए सह्य नहुने प्रचण्ड नेपाल पक्षका सांसदको चेतावनी छ ।

प्रचण्ड नेपाल समूहले मुख्यमन्त्रीले आफूहरुलाई गरेको कारबाही अबैधानिक भएको भन्दै अविस्वास प्रस्ताव अघि बढाउनुपर्ने माग गरेको छ ।

यसअघि दुबै समूहले एक अर्कोलाई कारबाही गरी आफू आधिकारिक भएको दाबी गरेका थिए ।

यसैबीच नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलले मुख्मन्त्री शेरधन राईलाई समर्थन गर्ने कि अविश्वास प्रस्तावको पक्षमा उभिने भन्नेबारे तत्काल निर्णय नगर्ने भएको छ ।

संसदीय दलको आजको बैठकमा सांसदहरुले अहिले हतार गरेर निर्णय गर्न नहुने राय दिएका छन् ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भए पनि सभामुखले टेवल नगरेको अवस्थामा काँग्रेस पर्ख र हेरको रणनीतिमा रहने देखिएको छ । नेकपाको आधिकारीक विवाद नटुंगिएको अबस्थामा कस्लालाई साथ दिने भन्ने निर्णयमा पुग्न हतार हुने कांग्रेस संसदीय दलको निष्कर्ष छ ।

प्रदेश १ मा कांग्रेसले जता समर्थन गर्छ त्यतै बहुमत पुग्ने देखिएको छ । त्यसैले नेकपाको प्रचण्ड(नेपाल र ओली समूहले कांग्रेसलाई आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्