आर्थिक

कृषिमा विदेशी लगानी आवश्यक रहे पनि प्रशस्त गृहकार्य आवश्यकः सरोकारवाला

हिमालय टिभी
२०७७ माघ ६ गते १८:४३
कृषिमा विदेशी लगानी आवश्यक रहे पनि प्रशस्त गृहकार्य आवश्यकः सरोकारवाला

६ माघ २०७७ काठमाडौं । सरोकारवालाले कृषि क्षेत्रको विकासका लागि विदेशी लगानी आवश्यक रहे पनि त्यसअघि प्रशस्त गृहकार्य आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा आज भएको एक कार्यक्रमका सहभागीले विदेशी लगानीले पार्ने असर र त्यसको निराकरणको उपाय खोजेर मात्र कृषि क्षेत्रमा विदेशी लगानी स्वीकार गर्नु पर्ने बताएका हुन् ।

उद्योग वाणिज्य महासंघका सदस्य अरनिको राजभण्डारीले कृषिमा विदेशी लगानी भित्राउँदै गर्दा नेपालका साना किसान विस्थापित हुन सक्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले नेपालको कृषि क्षेत्र व्यवसायिकतातर्फ उन्मुख मात्रै भएको अवस्थामा लगानी चाहिने तर्क गर्नुभयो । कृषिमा विदेशी लगानीका लागि सरकारले निकै समयदेखि प्रयास गरिरहेको उहाँको भनाइ छ ।

डेरी एशोसियसनका महासचिव प्रल्हाद दाहालले नेपालमा कृषिका लागि लगानी भित्राउन आवश्यक नरहेको बताउनुभयो । तर गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले नेपालमा भएका उद्योग विस्थापित नहुने गरी विदेशी लगानी भित्राउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *