Political Hightlights

प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनाको शुरुवातः प्रचण्ड

हिमालय टिभी
२०७७ माघ ६ गते १७:०३
प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापनाको शुरुवातः प्रचण्ड

६ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन राजतन्त्र पुनर्स्थापना गर्ने प्रक्रियाको शुरुवात भएको दाबी गर्नुभएको छ ।

पार्टी निकट पत्रकारको भेलालाई काठमाडौंमा आज सम्बोधन गर्दै प्रचण्डले संसद विघटन गर्न प्रधानमन्त्रीले गरेको सिफारिसमा राजाको जस्तै भाषा ह्वास गन्हाएको टिप्पणी गर्नुभयो ।

यो राजतन्त्र पुनःस्थापित गर्ने र मुलुकलाई निरंकुशतातिर धकेल्ने प्रक्रियाको शुरुवात भएको भन्दै उहाँले यसलाई जसरी पनि रोक्नुपर्ने बताउनुभयो । देशलाई अराजकताको अवस्थामा लैजान खोजिएको भन्दै प्रचण्डले यसलाई हर हालतमा रोक्न संचारजगतले पनि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

आफु बेलाबेलामा भावुक हुने गरेर प्रधानमन्त्री ओलीसँग फकिएको टिप्पणी गर्दै प्रचण्डले कठोर हुनु पर्दा भने भित्तैमा पुर्‍याउने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ओलीजी तपाईं सिद्दिनु भो, हारिसक्नु भो ।

सत्तारुढ नेकपाको विभाजनको असर पार्टी समर्थित पत्रकारमा पनि परेको छ । नेकपा समर्थित प्रेस संगठन पनि दुई खेमामा विभाजित भएको छ । अध्यक्ष महेश्वर दाहालको आह्वानमा राजधानीको कमलादिस्थित प्रज्ञा भवनमा राष्ट्रिय भेला आयोजना गरिएको छ ।

भेला अघि पत्रकारले भृकुटीमण्डपबाट जुलुस निकालेका थिए । ओली समर्थक पत्रकारले भने पर्सी ८ गते छुट्टै भेला बोलाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्